मलेसियामाथि नेपालको सानदार जीत - Crazysaptahik.com

मलेसियामाथि नेपालको सानदार जीत

आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा नेपालले लगातार चौथो जित हात पारेको छ । मंगलबार यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरको समाप्तिमा जीत हासिल गरेको हो । कुनै विकेट नगुमाई नेपालले सानदार जीत निकालेको हो ।

नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाएका हुन् । दीपकले २९ बलमा ८ चौकासहित ३८ रन बनाएका हुन् भने अर्जुन २५ बलमा ३ चौकाको मद्दतले २१ रन बनाएका थिए । नेपालले मलेसियाबाट अतिरिक्त १४ रन पाएको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३५।३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन मात्र जोडेको थियो ।नेपाल ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ । युएई ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ ।

अब नेपाल र युएईबीच बिहीबार प्रतिस्पर्धा हुनेछ । ६ राष्ट्र सम्मिलित यस प्रतियोगिताको विजेता टोली अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा पुग्ने छ ।

सम्बन्धित खवर