युनाइटेडलाई ६ वर्षपछि उपाधि - Crazysaptahik.com

युनाइटेडलाई ६ वर्षपछि उपाधि

न्युक्यासललाई हराउँदै म्यानचेस्टर युनाइटेडले काराबाओ कपको उपाधि जित्न सफल भएको छ । सन् २०१७ पछि युनाइटेडले जितेको यो पहिलो उपाधि हो । उता न्युक्यासल भने सन् १९६९ यता उपाधिविहीन रहँदै आएको छ ।युनाइटेडले पहिलो हाफमा ६ मिनेटको अन्तरमा दुई गोल गर्दै न्युक्यासलको सपना चकनाचुर पारेको थियो ।

खेलको ३३ औँ मिनेटमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए भने ३९ औँ मिनेटमा रासफोर्डले टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा न्युक्यासल खेलमा फर्कने प्रयास गरेपनि कुनै गोल गर्न सकेन । युनाइटेडले जोसे मोरिन्होको नेतृत्वमा सन् २०१७ मा युरोपा लिगको उपाधिका साथै यही प्रतियोगिता जितेको थियो ।

सम्बन्धित खवर