नगर स्तरीय ५ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु - Crazysaptahik.com

नगर स्तरीय ५ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु

क्रेजी संंवाददाता
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पथरी शनिश्चरे नगर स्तरीय ५ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
आज पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । संघीय सरकारको १ लाख र स्थानीय सरकारको रु. २ लाख २५ हजार गरी कूल ३ लाख २५ हजारमा प्रतियोगिता सम्पन्न हुनेछ ।

तीन दिनसम्म सञ्चालन हुने पथरीशनिश्चरे नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता–२०८० मा १५ संस्थागत तथा ११ सामुदायिक विद्यालय गरी जम्मा २६ विद्यालयहरूले विभिन्न खेलहरूमा सहभागिता जनाएका छन् ।
आज विद्यालयका विद्यार्थीहरुद्वारा मार्चपास, छात्रा भलिवलमा एभरेष्ट मावि र रेडस्टार मावि फाइनलमा प्रवेश गरेका छन् । यस्तै छात्र भलिबलमा पहिलो चरणमा पञ्चायत, भूपू सैनिक, एभरेष्ट, जनता, अमरसिंह र रेडस्टार विजयी भएका छन् ।

सम्बन्धित खवर