रास्वपाको पथरी शनिश्चरे नगर समिति गठन - Crazysaptahik.com

रास्वपाको पथरी शनिश्चरे नगर समिति गठन

क्रेजी संवाददाता
पथरीशनिश्चरे । राष्ट्रिय स्वतन्त्र पार्टीको पथरी शनिश्चरे नगर समिति गठन भएको छ ।
मोरङको पथरीशनिश्चरेमा विगत १ वर्षदेखि वडा समिति गठन गर्ने र नगरमा अन्य विभिन्न कामहरु गरिरहेको भएता पनि नगर समिति भने गठन भएको थिएन ।
शनिवार बसेको नगर भेलाले कमलराज कार्कीको सभापतित्वमा नगर समिति गठन भएको हो । समितिमा कार्की सभापति, गीता लिम्बु उपसभापति, तुलसी बस्नेत सचिव, लिला निरौला कोषाध्यक्ष, ओमनाथ नेपाल सदस्य सहित ११ सदसीय नगर कार्यसमिति सर्वसहमत चयन गरेको हो ।
समितिले नगरका १० वटै वडामा विधान बमोजिम अधिवेशन गरी नगर अधिवेशनको तयारी गर्ने छ । कार्यक्रममा कोशी प्रदेश सभापति तथा केन्द्रीय सदस्य राजेश तिम्सिना, प्रदेश सदस्य तथा मोरङ सभापति यादव कुमार प्रधान, प्रदेश सदस्यहरु प्रमलाल चौधरी, केदारनाथ आचार्य, ठगेन्द्र न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर