१३ औं प्याब्सन स्पोर्ट्स मिट २०८० मा पथरीको एभरेष्टको उत्कृष्ट प्रदर्शन - Crazysaptahik.com

१३ औं प्याब्सन स्पोर्ट्स मिट २०८० मा पथरीको एभरेष्टको उत्कृष्ट प्रदर्शन

क्रेजी संवाददाता
विराटनगर । मोरङको पथरी शनिश्चरे वडा नं. १ मा स्थापित एभरेष्ट स्कुलले १३ औं संस्करण प्याब्सन स्पोर्टस् मिट २०८० मा उत्कृष्टता हासिल गरेको छ ।
प्याब्सन मोरङले विराटनगरमा आयोजना गरेको प्याब्सन स्पोर्टस् मिटमा २ स्वर्ण, १ रजत र ३ कास्य गरी ६ वटा विधामा एभरेष्टले उत्कृष्टता हासिल गरेको हो ।
आइतबार एभरेष्टले सुन्दरहरैंंचाको ब्राइट फ्युचर स्कुललाई २–० को सोझो सेटमा पराजित गर्दै छात्रा +२ भलिबलको उपाधि जितेको हो ।

यसैगरी छात्र भलिबल प्रतियोगितामा दोस्रो, म्याराथनमा कक्षा–१२ का समिर राई प्रथम, ज्याभलिन थ्रोमा लोकेश मगर तेस्रो, २ सय मिटर दौड प्रतियोगितामा आयुशा कन्दङ्वा तेस्रो र ८ सय मिटर दौड प्रतियोगितामा युनिशा बुढाथोकीले तेस्रो स्थान हासिल गरेकी हुन् ।

पथरी शनिश्चरेको पहिलो निजी विद्यालय एभरेष्टले १३ औं प्याब्सन स्पोर्टस मिट २०८० को +२ अन्तर्गत समग्रमा तेस्रो स्थान हासिल गर्न सफल भएको छ । अतः छात्रातर्फको भलिवल प्रतियोगिताको पहिलो स्थान हासिल गर्न सफल एभरेष्टका भलिबल प्रशिक्षक भरेन्द्र लिम्बुले भने–‘विद्यार्थीहरुको अनवरत मेहनतले नै हामी मोरङ टप हुन सफल भएका हौं । सुरुवातीदेखिकै हाम्रो प्रथम स्थान हासिल गर्ने टार्गेट थियो त्यो पूरा भएको छ ।’
यस क्षेत्रमा अध्ययनको साथै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै दख्खल राख्ने एभरेष्ट स्कुलका निर्देशक रविन कन्दङ्वाले भने–‘यस पटकको प्याब्सन स्पोर्टस् मिटमा विद्यालयको नाम उच्च राख्न विद्यार्थीहरुले ४/५ वर्ष अघिदेखि कडा मेहनत गरेका छन् । हृदयबाट नै विद्यार्थी, शिक्षक तथा खेल प्रशिक्षकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’

सम्बन्धित खवर