पथरी शनिश्चरे प्रिमियर लिग–४ को आय–व्यय सार्वजानिक - Crazysaptahik.com

पथरी शनिश्चरे प्रिमियर लिग–४ को आय–व्यय सार्वजानिक

क्रेजी संवाददाता
पथरी । पथरी शनिश्चरे प्रिमियर लिग (पीएसपीएल)–४ को क्रिकेट प्रतियोगिताको आय–व्यय सार्वजनिक भएको छ ।
आज आयोजक पथरी शनिश्चरे प्रिमियर लिग समितिले पथरी शनिश्चरेमा स्थापित मनोहर पार्कमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता हिसाव सार्वजानिक गरेको हो ।
सो पत्रकार सम्मेलनमा आयतर्फ ७ लाख ७ हजार ५ सय रुपैयाँ र व्ययतर्फ ७ लाख ७ हजार २ सय रुपैयाँको हिसाव सार्वजानिक गरिएको थियो ।
आय–व्यय सार्वजानिक कार्यक्रममा आयोजकका अध्यक्ष विरोज मगर, सचिव राकेश राई र कोषाध्यक्ष पुकार राई लगायतको उपस्थिति रहेको थियो । क्रिकेट प्रतियोगिता कात्तिक १० देखि कात्तिक २५ गतेसम्म सञ्चालन भएको थियो ।

सम्बन्धित खवर