एभरेष्टले मनायो सभ्य र भव्य वार्षिकोत्सब - Crazysaptahik.com

एभरेष्टले मनायो सभ्य र भव्य वार्षिकोत्सब

क्रेजी संवाददाता
मोरङ । पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतित्थ्यतामा एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयले वार्षिकोत्सव मनाएको छ ।

पथरी शनिश्चरे वडा नं. १ मा स्थापित एभरेष्टले आफ्नो ३८ औं अभिभावक दिवस तथा वार्षिकोत्सव आज सभ्य र भव्य रुपले मनाएको हो ।
सुरुवातमा साना विद्यार्थीहरूले रेड एण्ड एप्पल, म सानी चरी, इन द मर्निङ ¥याम्स र स्वागत नृत्य र गीतबाट स्वागत गरिएको थियो । यस्तै कक्षा– २, ३ र ४ का विद्यार्थीहरुले कराँते प्रदर्शन गरेका थिए भने कक्षा ५ का विद्यार्थीहरुले देशभक्ति नृत्य प्रस्तुत गरेका थिए । यस्तै विद्यार्थीद्वय कक्षा–५ का अभिषेक सुन्दास र कक्षा–९ का विपना धमलाले मन्तव्य राखेका थिए ।

सोही अवसरमा भूतपूर्व प्रअ शान्तिराम तिम्सिना र निवर्तमान शिक्षक अभिभावक संघका अध्यक्ष पर्शुराम मिश्रलाई सम्मान गरिएको थियो । सम्मान पश्चात् आफ्ना मन्तव्य राख्नुहुँदै नगर प्रमुख मोहन प्रसाद तुम्वापोले भन्नुभयो–‘पथरीशनिश्चरेको सबैभन्दा जेठो निजी क्षेत्रबाट सञ्चालित विद्यालय एभरेष्टले यस क्षेत्रमा निरन्तर शैक्षिक उन्नयनमा आफ्नो अतुलनीय योगदान पु¥याउँदै आएको छ ।’ उहाँले थप्नुभयो–‘एभरेष्ट नाम जस्तै काम पनि त्यही उचाइमा गरिरहेको छ, थप सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ।’

विद्यालयका प्राचार्य एवं निर्देशक रविन कन्दङ्वाले विद्यालयको बारेमा उपस्थित अभिभावक र अतिथिहरु सामु विद्यालयको बारेमा प्रष्ट्याउनुभएको थियो ।
कार्यक्रमको बीचमा विद्यार्थीहरुले लिम्बु, राई, शेर्पा, तामाङ, धिमाल, नेवार, गुरुङ, मगर, थारु जातिको भेषभुषामा सजिएर ¥याम्स प्रस्तुत गर्नुका साथै विद्यालयको गीत ‘विद्यार्थी एभरेष्टको…’ प्रस्तुत गर्दा खचाखच भिडमा अभिभावकहरुले खुशी व्यक्त गरे ।

औपचारिक कार्यक्रम पश्चात् विद्यार्थीहरुले मनोरञ्जनात्मक कार्यक्रम पस्केका थिए । जसमा गायन, नृत्य साथै नाटक प्रस्तुत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुपनारायण भट्टराईको सभाध्यक्षमा भएको सो वार्षिकोत्सव कार्यक्रममा नगरका शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, वडा नं. १ का वडाध्यक्ष भीम राई, शिक्षा शाखा अधिकृत नविन खुलाल, साहित्यकार तथा शिक्षक शंकर चापागाई (धनकुटे कान्छा) लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर