राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कपको तयारी पूरा - Crazysaptahik.com

राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कपको तयारी पूरा

क्रेजी संवाददाता
पथरी । राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता–२०२४ तयारी पूरा भएको छ ।
पथरी शनिश्चरे–१० मा अवस्थित रंगशालामा भोलिदेखि हुने सो प्रतियोगिताको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गर्नुहुने भएको छ ।

युवा मैत्री केन्द्र पथरीशनिश्चरे १० र शरणार्थी शिविर व्यवस्थापन समितिको संयुक्त आयोजनामा हुने प्रतियोगितामा कोशी प्रदेशका उत्कृष्ट ९ र भारतको एउटा गरी १० टिमले सहभागिता जनाउने भएका छन् ।
उद्घाटन खेलमा विर्तामोड युनाइटेड र बेलबारी एफ.सी.बीच हुने आयोजकका विनम राईले जानकारी दिए । प्रतियोगिताका विजेताले २ लाख १ हजार सहित च्यालेन्ज कप प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद १ लाख १ हजार रुपियाँ सहित प्रमाण–पत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषित हुने खेलाडीलाई ३ हजार रुपैयाँ प्रदान गरिनेछ ।
यसैगरी फाइनल खेलको दिन प्रतियोगिताको उत्कृष्ट खेलाडीले ७ हजार रुपैयाँ पाउनेछन् । यसैगरी उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरर्वाड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोचलाई जनही ५ हजार रुपियाँ प्रदान गरिनेछ । फुटबल खेलको राइजिङ ब्रदर्स र सुजना डान्स सेन्टरले प्रायोजन गर्ने भएका छन् । डाइमन स्पोन्सर राइजिङ ब्रदर्श एल.एल.सी. अमेरिकाबाट रेन्जु राईले प्रायोजन गरेका छन् । यस्तै प्रथम पुरस्कार पूर्व फ्रेण्डस् क्लब भुटानका पूर्व अध्यक्ष युवराज साम्पाङ राईले प्रायोजन गरेका हुन् ।

सम्बन्धित खवर