शरणार्थी च्यालेन्ज कपको उद्घाटन खेलमा बेलबारी विजयी - Crazysaptahik.com

शरणार्थी च्यालेन्ज कपको उद्घाटन खेलमा बेलबारी विजयी

क्रेजी संवाददाता
पथरी । राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता–२०२४ को उद्घाटन खेलमा बेलबारी एफ.सी. विजयी भएको छ ।
बेलबारीले विर्तामोड युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । बेलबारीलाई बिरेन लिम्बुले गरेको १ मात्र गोल जितको लागि पर्याप्त बनेको थियो । आजको खेलमा बेलबारी एफसीका आदित्य तामाङ म्यान अफ द म्याच घोषित भए ।

पथरी शनिश्चरे–१० मा अवस्थित प्रस्तावित रंगशालामा आज शरणार्थी च्यालेन्स कपको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले बल हस्तान्तरण तथा बेलुन उडाएर उद्घाटन गर्नुभएको हो ।


यस्तै नगर उप–प्रमुख देविमाया काफ्ले, एन्फा केन्द्रीय महासचिव वसन्तराज अर्याल, एन्फा उपाध्यक्ष खड्क श्रेष्ठ, प्रदेश फुटबल संघ अध्यक्ष किशोर राई, नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, वडा नं. १० का अध्यक्ष जीवन खतिवडा, १ का अध्यक्ष भीम राई, ४ का अध्यक्ष लोककिरण न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
भोलिको खेल रारा क्लब धनकुटा र कञ्चनजंघा एफ.सी. भारत बीच हुने आयोजकका सुमन कुरुङबाङले जानकारी दिनुभयो ।

सम्बन्धित खवर