रिफुजी च्यालेन्च कप : कञ्चनजंघा एफ.सी. विजयी - Crazysaptahik.com

रिफुजी च्यालेन्च कप : कञ्चनजंघा एफ.सी. विजयी

क्रेजी संवाददाता
पथरी । राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्च कप फुटबल प्रतियोगिताको शनिबार भएको खेलमा कञ्चनजंघा एफ.सी. भारतले विजयी सुरुवात गरेको छ ।
आज भएको खेलमा कञ्चनजंघाले रारा एफ.सी. धनकुटालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
कञ्चनजंघाका लागि पहिलो हाफको ६ मिनेट, २२ औं मिनेट र दोस्रो हाफको ३० औं मिनेटमा अभिषेक थापा २ गोल, अभिषेक दर्जीले गोल गरेका थिए ।
यस्तैगरी रारा एफसीका लागि १ मात्र गोल मिलन राईले १४ औं मिनेटमा फर्काएका थिए । प्रतियोगिताको मेन अफ द म्याच विजेता टिम कञ्चनजंघाका अभिषेक थापा घोषित भए ।
प्रतियोगिता अन्तर्गत भोलिको खेल १० नवोदय र फेयर क्लब धरान बीच हुने आयोजकका विनम राईले जानकारी दिए ।

 

सम्बन्धित खवर