रिफुजी च्यालेन्च कप : डाँगीहाट एफ.सी. दोस्रो चरणमा प्रवेश - Crazysaptahik.com

रिफुजी च्यालेन्च कप : डाँगीहाट एफ.सी. दोस्रो चरणमा प्रवेश

क्रेजी संवाददाता
पथरी । डाँगीहाट फुटबल क्लब पथरी शनिश्चरेमा जारी राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्च कप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरको छ ।
आज भएको खेलमा डाँगीहाट फुटबल क्लबले एपीएफ पकलीलाई टाइब्रेकरमा ३–० गोल अन्तरले रोक्दै डाँगीहाटले दोस्रो चरणको यात्रा तय गरेको हो ।

निर्धारित सयममा दुवै टिमबाट २–२ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको दोस्रो हाफमा डाँगीहाटका तर्फबाट सनम लिम्बु र टिम क्याप्प्टेन विक्रम लिम्बुले फ्रिकिक मार्फत् गोल गरेका थिए भने एपीएफका तर्फबाट टिम क्याम्प्टेन उज्जवल चाम्लिङ र यज्ञ विक्रम मल्लले गोल गरेका थिए ।
यसैगरी टाइब्रेकरमा डाँगीहाटका तर्फबाट राम गुरुङ, सुरेन खवास, विक्रम लिम्बुले सहजै जाली चुमाए भने अर्जुन लिम्बुले पेनाल्टी मिस गरेका थिए । उता एपीएफका तर्फबाटबाट भने उज्जवल चाम्लिङ, बलराम निरौला र सुजन लामाले पेनाल्टी मिस गरेका थिए ।

निर्धारित समयमा दुवै टिमका खेलाडीले पाएको केही अवसर सदुपयोग गर्न नसक्दा विजेता निर्धारण हुन टाइब्रेकरसम्म पर्खनुपरेको थियो ।
खेलको म्यान अफ द म्याच विजेता टिमका गोल किपर कुमार तामाङ घोषित भए । भोलिको खेल सिरिजंघा एफ.सी. र बी.वाई.सी. बेल्डाँगी बिच हुने आयोजकका सुमन कुरुङबाङले जानकारी दिए ।

सम्बन्धित खवर