रिफुजी च्यालेन्ज कप : भुटानीज यूथ क्लब बेलडाँगी विजयी - Crazysaptahik.com

रिफुजी च्यालेन्ज कप : भुटानीज यूथ क्लब बेलडाँगी विजयी

क्रेजी संवाददाता
पथरी । पथरी शनिनश्चरेको सिरिजंघा एफ.सी.लाई २–१ गोलले स्तब्ध पार्दै दमकको भुटानीज यूथ क्लब (विवाईसी) राइजिङ ब्रदर्श सुजना छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफुजी च्यालेन्ज कपको क्वार्टरफाइनल प्रवेश गरेको छ ।
आज निक्कै नै प्रतिस्पर्धात्मक खेलमा अफ्रिकन खेलाडी लिएर मैदानमा उत्रिएको भुटानीज यूथलाई सिरिजंघा फुटबल क्लबले कडा टक्कर दिएको थियो । खेलमा भुटानीज यूथलाई पेनाल्टी प्रहारको अवसर प्राप्त गरेपछि पेनाल्टीको सही सदुपयोग गर्दै भुटानीजका मुसाले गोलको खाता खोलेका थिए ।
यस्तै ५७ औं मिनेटमा सिरिजंगाका सौर्य राउतले विवाइसीविरुद्ध गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । खेलको ६५ औं मिनेटमा विवाइसीका डेविडले गोल गर्दै आफ्नो टिमलाई टोलीलाई जिततर्फ धकेलेका थिए । खेलको विजेता टिमका मुसा म्यान अफ दि म्याच घोषित भए ।

सम्बन्धित खवर