रेडस्टारको अभिभावक दिवस तथा वार्षिकोत्सव भव्य रुपमा सम्पन्न - Crazysaptahik.com

रेडस्टारको अभिभावक दिवस तथा वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

क्रेजी संवाददाता
पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे–२ शान्ति चौकमा स्थापित रेडस्टार आवासीय माध्यामिक विद्यालयले आफ्नो २८ औं अभिभावक दिवस तथा वार्षिकोत्सव २०८० भव्य रुपमा सम्पन्न गरेको छ ।
सो अवसरमा विद्यालयले कक्षा पिजीदेखि कक्षा ४ सम्मको आइतबार र कक्षा–५ देखि माथि कक्षा १२ र बीबीएस सम्मका विभिन्न तह र विधाहरूमा विजयी भएकाहरूलाई आज पुरस्कृत गरेको छ ।
पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोद्वारा पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको सो कार्यक्रममा विद्यालयका निर्देशक तथा प्रिन्सिपल टि.एन. तिम्सिनाको सभाध्यक्षता रहेको थियो ।
कार्यक्रमका क्रममा शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख शालिग्राम काफ्ले, शिक्षा अधिकृत नवीन खुलाल बुढाथोकीले रेडस्टार माविले राज्यको शैक्षिक मापदण्ड अनुसार नै संस्थागत विद्यालयहरुमाझमा एक अब्बल दर्जा हासिल गर्दै शैक्षिक क्रियाकलापहरू गरिरहेको र नगरपालिकाकै शिर उचो राख्ने गरी काम गरिरहेको बताउनुभयो ।
सोही क्रममा विद्यालयका निर्देशक तथा प्रिन्सिपल टि.एन. तिम्सिनाले विद्यालयले वर्षभरि सञ्चालन गरेका विभिन्न शैक्षिक क्रियाकलापहरूको सम्वन्धी कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा विद्यालयका आई एस ए को –ओडिनेटर तथा संस्थापक राजु तिमिल्सिना, वडा नं २,७ र ८ का वडाध्यक्षहरू क्रमशः नैना साम्पाङ राई, उद्धव राज बस्नेत, नवीनजंग कार्की, सामुदायिक विद्यालय महासंघ पथरीशनिश्चरे अध्यक्ष युवराज बास्कोटा, नेपाल शिक्षक महासंघका अध्यक्ष तथा पञ्चायत नमुना माविका प्राचार्य अर्जुन कुमार बुढाथोकी,भाईस प्रिन्सिपल बसन्त मादेन, विद्यालय ब्यवस्थापन समितिका सदस्य विजय डाँगी, किराँत एकेडेमीका प्रिन्सिपल सुजन बास्तोला, उद्योग वाणिज्य सङ्घका महासचिव अशोक साम्पाङ राई, लर्ड बुद्ध साकोसको अध्यक्ष धनराज राई, व्यवस्थापक गणेश कुमार राई, भागिरथ माविकी व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम कार्की, प्रधानाध्यापक जानकी चेम्जोङ, ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेशकुमार श्रेष्ठ, ग्रेट ग्रेस स्कुलकी संचालिका गीता लिम्बु श्रेष्ठ, लावण्य इन्टरनेसनलका प्रतिनिधि लगायतका अतिथिहरूको उपस्थिति थियो ।
उक्त वार्षिकोत्सवको पहिलो र दोस्रो दिन पिजीदेखि कक्षा –१२ सम्मका विद्यार्थीहरूले सुन्दर गायन, नृत्य, नाटक जस्ता विभिन्न विधाहरूमा आफ्नो प्रतिभा प्रस्तुत गरेर अभिभावकहरूको मन जित्न सफल भएका थिए । उक्त अवसरमा विभिन्न शैक्षिक तथा खेलकुद प्रतियोगिताहरुमा विजयी छात्र छात्राहरुलाई समेत पुरस्कृत गरिएको थियो ।
आइतबार बिहान कक्षा ११ र १२ का छात्र छात्राहरुका लागि ईलाका प्रहरी कार्यालय पथरीको सहयोगमा लागुऔषध दुव्र्यसनी न्युनिकरण तथा झुट बोली अनुसन्धान सम्वन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो ।

सम्बन्धित खवर