रिफुजी च्यालेन्ज कप : वीवाईसी बेलडाँगी सेमिफाइनलमा - Crazysaptahik.com

रिफुजी च्यालेन्ज कप : वीवाईसी बेलडाँगी सेमिफाइनलमा

क्रेजी संवाददाता
पथरी । पथरी शनिश्चरेमा जारी छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगितामा झापाको भुटानिज रिफ्युजी क्लब (वीवाईसी) बेलडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बीवाईसीले फेयर फुटबल क्लब धरानलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा यात्रा तय गरेको हो ।
वीवाईसीका लागि विदेशी खेलाडी डेभिडले खेलको ७ औं र ६९ औं मिनेटमा गोल गरे । यस्तै वीवाईसीकै वर्तमान राईले ३४ औं मिनेटमा निश्चल लिम्बुको पासमा एक गोल गरे । धरानका लागि एक मात्र गोल टिम क्याम्प्टेन सुवास तामाङले ७५ औं मिनेटमा गोल फर्काए ।
विजेता टिमका डेविड म्यान अफ दि म्याच घोषित भए । भोलिको पहिलो सेमिफाइनल खेल कन्चनजंघा फुटबल क्लब सिलिगुडी भारत र आयोजक युथ फुटबल क्लब बिच प्रतिस्पर्धा हुने आयोजकका विनम राईले जानकारी दिए ।

सम्बन्धित खवर