बुद्धि तामाङ र रेखा लिम्बुको म्युजिकल फिल्म ’चेली’ सार्वजनिक - Crazysaptahik.com

बुद्धि तामाङ र रेखा लिम्बुको म्युजिकल फिल्म ’चेली’ सार्वजनिक


क्रेजी संवाददाता
मोरङ–
सत्य घटनामा आधारित म्युजिकल स्टोरी फिल्म ‘चेली’ सार्वजनिक भएको छ । स्माइल दासको स्वर र संगीत रहेको गीतमा ओम केरुङ र नेत्र लोजा गुरुङले शब्द रचना गरेका छन् ।

फिल्मले गरिबीका कारण समयमै उपचार नपाएर मुटुरोगी बहिनी (चेली) गुमाउनुपरेको पीडा दर्शाएको छ । यो कथा नेत्र लोजा गुरुङको वास्तविक जीवन अनुभवमा आधारित हो ।

सो फिल्ममा बुद्धि तामाङ र रेखा लिम्बु मुख्य भूमिकामा छन् भने टिकाराम घले, माया गुरुङ, सुनिता गाहा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सुझना बस्यालको निर्देशनमा तयार भएको भिडियोमा नेत्र लोजाको कथा, सुबास शाहको सम्पादन, रबिन बिकेको रंग संयोजन र विवेक बिकेको सिनेमाटोग्राफी रहेको छ ।

यस म्युजिकल फिल्मलाई एम सिरिज ग्लोबलले निर्माण गरेको हो ।

भिडियोः

सम्बन्धित खवर