प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रममा उत्कृष्ट एभरेष्ट - Crazysaptahik.com

प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रममा उत्कृष्ट एभरेष्ट

क्रेजी संवाददाता
पथरी । पथरी शनिश्चरे नगरपालिका स्तरीय विद्यार्थी प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रममा एभरेष्ट आवासीय माविले उत्कृष्टता हासिल गरेको छ ।
पथरी शनिश्चरे–१ मा स्थापित एभरेष्टले नगरपालिकाद्वारा आयोजित भागिरथ माविमा भएको प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रममा उत्कृष्टता हासिल गरेको हो । एभरेष्टको कक्षा–११ कि गरिमा मगरले नृत्य प्रतियोगितामा प्रथम, कक्षा–१० कि रोश्नी गुरुङले गायन प्रतियोगितामा प्रथम, कक्षा–१० कि स्नेहा वनेमले चित्रकला प्रतियोगितामा प्रथम, कक्षा–८ कि तुलशा थापाले गायन प्रतियोगितामा प्रथम र कक्षा–४ कि आयुश दर्जीले नृत्य प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका छन् । यसैगरी एभरेष्टले भर्खरै मात्र सम्पन्न पथरी शनिश्चरे नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डकपमा महिला भलिबलको उपाधि जितेको थियो । यसरी एकपछि अर्काे सफलता हासिल गर्दै अगाडि बढिरहेको एभरेष्टका निर्देशक/प्रिन्सिल रबिन कन्दङ्वाले भन्नुभयो–‘शिक्षक, अभिभावक र विद्यार्थीको लगनशीलताले नै उपलब्धि हासिल गरिरहेका छौं ।’

सम्बन्धित खवर