उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव हुने - Crazysaptahik.com

उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव हुने

क्रेजी संवाददाता
उर्लाबारी । उर्लाबारीमा आगामी फागुन १५ देखि २५ गतेसम्म “उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव” आयोजना हुने भएको छ । महोत्सवको मुख्य उद्देश्य स्थानीय व्यावसायीहरूको सुरक्षाको सुनिश्चितता गर्दै, “आगो निभाउने उपकरण fire extinguisher refilling गर्नु रहेको छ ।
उर्लाबारी उद्योग वाणिज्य संघको आयोजनामा हुने यस महोत्सवले स्थानिय व्यापार र व्यावसायलाई प्रोत्साहन गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
महोत्सवका व्यवस्थापन समितिका संयोजक भरत भट्टराईले जानकारी दिँदै भने, “यो महोत्सवले स्थानीय व्यापारको प्रगति र व्यावसायिक गतिशीलता बढाउने उद्देश्य राखेको छ ।”
महोत्सव उर्लाबारी–४ मा अवस्थित नगरपालिकाको कार्यालयसँगै रहेको दक्षिणपट्टि खाली जग्गामा आयोजना हुनेछ । यस महोत्सवमा विभिन्न आकर्षक स्टलहरू र प्रदर्शनीहरू रहेका छन्, जसमा विशेष गरी आदिवासी फूड स्टल, अटोमोबाइल स्टल, दैनिक उपभोग्य वस्तु र सेवाहरू, हस्तकलाका उत्पादनहरू, साना तथा घरेलु उत्पादनहरू, गार्मेन्ट, शैक्षिक तथा वित्तीय संस्थाहरू, होटल र रेष्टुरेन्ट, अटोमोबाइल, फुटवेयर, निर्माण सामग्री, इलेक्ट्रोनिक्स, फर्निचर र फर्निसिङ सामाग्रीहरू, जडिबुटी र औषधीजन्य वस्तुहरू, सांस्कृतिक प्रदर्शनी, र बाल उद्यान तथा मनोरञ्जनात्मक खेल तमासाहरु प्रदर्शन गरिनेछन् ।
महोत्सवमा १० दिनको अवधिमा ३ लाख भन्दा बढी दर्शकहरूको सहभागिता र करिब १५ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ । यस महोत्सवमा १ सय ५० भन्दा बढी व्यापारिक स्टलहरू रहनेछन ।
महोत्सवको मुख्य उद्देश्यका बारेमा जानकारी दिदै उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारमान सिरेङ भन्छन “यो महोत्सवले स्थानीय व्यापारीहरुको सुरक्षार्थ आयोजना गर्न लागिएको हो, महोत्सवबाट प्राप्त आम्दानीले उर्लाबारीमा रहेका व्यावसायीको पसलमा रहेको “आगो निभाउने उपकरण fire extinguisher refilling गरी आगलागीबाट हुने क्षति न्युनिकरण गर्न विशेष पहल साथै स्थानिय अर्थतन्त्रलाई सशक्त बनाउने र व्यावसायिक क्षेत्रको समृद्धिमा योगदान पुर्याउने विश्वास लिएको छु ।”
महोत्सवमा प्रदर्शकलाई प्रदान गरिने सेवा र सुविधाहरू : –
– विक्री र प्रर्दशनीमा रहेका वस्तुहरूको वीमा ।
– २४ घण्टा सुरक्षाको व्यवस्था ।
– महोत्सव स्थलमा इन्टरनेट सेवा ।
– बस र हवाई सेवाका लागि टिकट बुकिङ काउण्टर ।
– समूहका लागि सशुल्क प्याकेज टुर व्यवस्था ।
– स्थानिय पत्रपत्रिकाको दैनिक निशुल्क वितरण ।
– उत्कृष्ट स्टललाई सम्मान र पुरस्कार ।
– प्राविधिक सहयोग ।

महोत्सवको प्रमुख उद्देश्यहरूः
– आगो निभाउने उपकरण fire extinguisher refilling गर्ने ।
– स्थानीय व्यापार र व्यावसायलाई प्रोत्साहन र चलायमान बनाउने ।
– स्थानीय आदिवासीहरूको सांस्कृतिक प्रदर्शनी र संरक्षणमा योगदान पु¥याउने ।
– स्वदेशी उत्पादन र वस्तुहरूको विक्रि र प्रर्दशनी गराउने ।
– कृषि र घरेलु उत्पादनहरूको अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने ।
– स्वदेशी उत्पादनहरूको गुणस्तर र औचित्यसम्बन्धी जानकारी दिने ।
– गोष्ठि र सेमिनारहरू आयोजना गरी आर्थिक गतिशीलता र निर्यातमा वृद्धि ल्याउने ।
– कोशी प्रदेशका पर्यटकीय स्थलहरूको विकास र प्रवर्धनमा जोड दिने ।
– उद्यमी र उपभोक्ताविच प्रत्यक्ष अन्तरक्रिया गराउने ।
– छिमेकी राष्ट्रसँगको व्यापार विस्तार र निर्यात योग्य वस्तुहरूको पहिचान गराउने ।

सम्बन्धित खवर