डिटेल एजुकेशन कन्सल्टेन्सीको पथरी शाखा उद्घाटन - Crazysaptahik.com

डिटेल एजुकेशन कन्सल्टेन्सीको पथरी शाखा उद्घाटन


ईस्वर दुलाल
पथरी ।
मोरङको पथरीशनिश्चरे–१, जातेमोडस्थित झण्डा घरमा डिटेल एजुकेशन कन्सल्टेन्सीले आफ्नो तेस्रो शाखा स्थापना गरी औपचारिक उद्घाटन गरेको छ । शनिबार आयोजित विशेष समारोहमा सो शाखाको उद्घाटन गरिएको हो ।

कोशी प्रदेशसभा सदस्य मा. मान बहादुर लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कन्सल्टेन्सीका सीईओ योगेन्द्र चौहान, वडा नं १ का अध्यक्ष भीम कुमार राई, पञ्चायत मावि तथा पथरी शनिश्चरे व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटा, इलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहनविक्रम दाहाल, उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, पथरी बहुमुखी क्याम्पसका प्राध्यापक सुरेश कट्वाल, समाजसेवी माधव थापा लगायत विशिष्ट व्यक्तित्वहरूले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मा. मानबहादुर लिम्बुले वर्तमान शिक्षाले जीवनोपयोगी र नैतिकवान बनाउन नसकेको भन्दै डिटेल एजुकेशन कन्सल्टेन्सी जस्ता संस्थाहरूले विद्यार्थीलाई सही मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले भने, “गुणस्तरीय शिक्षा मात्र होइन, सही मार्गदर्शन आवश्यक छ । डिटेल एजुकेशन कन्सल्टेन्सीले विद्यार्थीहरूलाई अध्ययन तथा भविष्य निर्माणका लागि सही दिशा देखाउनेछ ।“

डिटेल एजुकेशन कन्सल्टेन्सीका शाखा प्रवन्धक धन कुमार सुब्बाले कन्सल्टेन्सी सञ्चालनमा आउनु पूर्व नै ३३ जना विद्यार्थीहरूले भर्ना लिइसकेको जानकारी गराउँदै भने, “हामी विदेश अध्ययनका इच्छुक विद्यार्थीहरूलाई सही परामर्श, भाषा कक्षा, भिसा प्रक्रिया, तथा अन्य आवश्यक सेवा प्रदान गर्छौं । हामी केवल कागजी प्रक्रिया मात्र होइन, विद्यार्थीको सम्पूर्ण शैक्षिक यात्रामा मार्गदर्शन गर्ने लक्ष्य राख्छौं ।“

पथरीशनिश्चरेका युवा उद्यमीहरू धन कुमार सुब्बा, सरोज भट्टराई र मनि लिम्बुले संयुक्त रूपमा सञ्चालनमा ल्याएको यो कन्सल्टेन्सीले उच्च शिक्षा तथा छात्रवृत्तिका लागि परामर्श, आईईएलटीएस, टोफेल, पिटिई लगायतका भाषा कक्षाहरू, कलेज तथा विश्वविद्यालय छनोट, भिसा परामर्श तथा अन्य सेवाहरू प्रदान गर्ने छ ।

विद्यार्थीहरूलाई भरपर्दो सल्लाह तथा उच्च गुणस्तरीय सेवा दिने प्रतिबद्धताका साथ कन्सल्टेन्सी अगाडि बढाउने लक्ष राखेको संस्थापकहरू बताउँछन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.