उर्लाबारी महोत्सवमा दुर्गेश थापादेखि ज्योति मगरसम्म प्रस्तुति रहने - Crazysaptahik.com

उर्लाबारी महोत्सवमा दुर्गेश थापादेखि ज्योति मगरसम्म प्रस्तुति रहने

क्रेजी संवाददाता
उर्लाबारी । उर्लाबारीमा आगामी फागुन १५ देखि २५ गतेसम्म “उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव” मा चर्तित कलाकारहरुले प्रस्तुती दिने भएका छन् ।
महोत्सवमा चर्चित गायक दुर्गेश थापा देखी ज्योति मगर सम्मले सांगितिक प्रस्तुती दिने भएका छन् । महोत्सवको पहिलो दिन सुमधुर स्वरका धनी राजनराज शिवाकोटी र नन्दु गुरुङले सांगितक प्रस्तुती दिने भएका छन् ।
बजारमा शिवाकोटीका ‘सुर्के थैली खै, कुटुमा कुटु सुपारी दाना, गोजिमा दाम छैन, फुलबुट्टे सारी’ जस्ता गितहरु हिट छन । यस्तै फागुन १६ गते कमल खत्रि र द्रव्य व्याण्डले मनोरञ्जन प्रदान गर्ने छन् गायक खत्रिको स्वरमा बजारमा ‘ म यस्तो गित गाउछु, जनम जनम, पहिलो माया’ जस्ता गितहरु हिट छन् ।
यस्तै फागुन १७ गते अस्मिता अधिकारी र महेश काफ्लेले प्रस्तुती दिने भएका छन् बजारमा अधिकारीका ‘तिम्रो मायाले बाँधेर राख, टाढा भएपनि, फुलै फुल दिन्छौ कि’ जस्ता गितहरु हिट रहेका छन् भने गायक काफ्लेका ‘धन्यवाद मायालु, लज्जावती झार, माया विरानी’ जस्ता गितहरु हिट रहेका छन् ।
फागुन १८ गते शमिक्षा अधिकारी र डम्बर नेपालीको प्रस्तुती रहने छ । बजारमा अधिकारीका ‘बालापनको उमेर, आफ्नो आफ्नो दुःख, कन्या राशी, मनमा प¥यो चोट’ जस्ता गितहरु हिट छन् । अर्का गायक डम्बर नेपालीका बजार ‘आज आकाशमा एउटा तारा देखीन, अन्तिम पल्ट भेट्न आउ, विगे्रको मान्छे म’ जस्ता गितहरु हिट छन् ।
फागुन १९ गते नेपाली संगितीक आकाशमा चम्किएकी तारा मेलिना राइको प्रस्तुती रहने छन् । बजारमा गायिका राईका ‘जेल पनि सहुला, परानै दिन्छु, म भन्दा नि’ जस्ता हिट गितहरुले दर्शकलाई झुमाउने छिन् । सोही दिन उर्लाबारीकै स्थानिय उदयमान गायक सुरेश धिमालको पनि प्रस्तुती रहने छ ।
यस्तै फागुन २० गते पछिल्लो समय चर्चाको शिखरमा रहेका गायक दुर्गेश थापा र ताराविर पाण्डेको प्रस्तुती रहने छ । बजारमा थापाका ‘दुस्मन हेरेको हेरै, डन आयो डन, विच विचमा’ जस्ता गितहरु हिट छन् ।
यस्तै फागुन २१ गते शान्तारानी परियार र भाईवर साईमनको प्रस्तुती रहने छ । बजारमा परियारको ‘ढले ढले’ बोलको गित चर्चित रहेको छ भने हिपप गितसंगित पारखी हरुलाई मनोरञ्जन दिन सोही दिन भाईवर साईमन पनि आउने भएका छन् बजारमा साईमनका ‘उस्को चाल अत्ति दामी, आईदेउन माया लाईदेउ’ जस्ता हिपप प्यार्टनका गितहरु हिट छन् ।
यस्तै फागुन २२ गते टिका प्रसाई र मिराकल व्याण्डको पस्तुती रहने छ । बजारमा प्रसाईका ‘माया लुकी लुकी, नसकिने भो, सेल्फी हानौला’ जस्ता गितहरु हिट छन् ।
फागुन २३ गते उर्लाबारीको माहोललाई संगितमय बनाउन चर्चित गायिका रचना रिमाल र निशान भट्टराई आउने भएका छन् । बजारमा रिमालको स्वरमा रहेका ‘फोटो फिरिममा, आउन तिमी अंगोलामा, उनको प्रिती, तिमीले सोचे भन्दा धेरै’ गितहरु हिट छन् ।
यस्तै फागुन २४ गते किशोर, युवा र पाका सवै उमेर समुहका दर्शकको मनमा बस्न सफल गायिका ज्योति मगरले उर्लाबारीको माहोललाई तताउने भएकी छिन् ।
स्टेजममा गायिका ज्योतिले दिने ग्यामरस प्रस्तुतीले दर्शकको मनलाई उत्साहित बनउाने गरेको छ । बजरमा उनका ‘पिरतीमा दम छ, बन केरा, जिम्मल बाउकी छोरी’ जस्ता गितहरु हिट रहेका छन् ।
महोत्सवको अन्तिम दिन रकहेड ब्याण्डले हिपप रक प्यार्टनका गितहरु पस्कने छन्। बजारमा व्याण्डका ‘भावना, हजार जन्म, धुन’ गितहरु हिट रहेका छन् ।
स्थानिय व्यावसायीहरूको सुरक्षाको सुनिश्चितता गर्दै, “आगो निभाउने उपकरण ाष्चभ भहतष्लनगष्कजभच चभाष्ििष्लन र उर्लाबारी बजारको सौन्दर्यकरणमा महोत्सवबाट प्राप्त आम्दानी खर्च गर्ने उदेश्यका साथ आयोजना गरीको महोत्सवले
स्थानिय व्यापार र व्यावसायलाई प्रोत्साहन गर्नका लागि महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा संघले गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
पत्रकार सम्मेलनमा महोत्सवका व्यवस्थापन समितिका संयोजक भरत भट्टराईले जानकारी दिँदै भने–“यो महोत्सवले स्थानीय व्यापारको प्रगति र व्यावसायिक गतिशीलता बढाउने उद्देश्य राखेको छ ।”
महोत्सव उर्लाबारी–४ स्थित नगरपालिकाको कार्यालयसँगै रहेको दक्षिणपट्टि खाली जग्गामा आयोजना हुनेछ । यस महोत्सवमा विभिन्न आकर्षक स्टलहरू र प्रदर्शनीहरू रहेका छन्, जसमा विशेष गरी आदिवासी फूड स्टल, अटोमोबाइल स्टल, दैनिक उपभोग्य वस्तु र सेवाहरू, हस्तकलाका उत्पादनहरू, साना तथा घरेलु उत्पादनहरू, गार्मेन्ट, शैक्षिक तथा वित्तीय संस्थाहरू, होटल र रेष्टुरेन्ट, अटोमोबाइल, फुटवेयर, निर्माण सामग्री, इलेक्ट्रोनिक्स, फर्निचर र फर्निसिङ सामाग्रीहरू, जडिबुटी र औषधीजन्य वस्तुहरू, सांस्कृतिक प्रदर्शनी, र बाल उद्यान तथा मनोरञ्जनात्मक खेल तमासाहरु प्रदर्शन गरिनेछन् ।
महोत्सवमा १० दिनको अवधिमा ३ लाख भन्दा बढी दर्शकहरूको सहभागिता र करिब १५ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ । यस महोत्सवमा १ सय ३५ भन्दा बढी व्यापारिक स्टलहरू बाट अनुमानित १५ करोडको आर्थिक कारोबार गरिने लक्ष्य लिएको उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरेङले बताउनु भयो ।
सिरेङले पत्रकार सम्मेलनमा बोल्दै भन्नुभयो–“महोत्सवको मुख्य उद्देश्य स्थानीय व्यापारीहरुको सुरक्षार्थ आयोजना गर्न लागिएको हो, महोत्सवबाट प्राप्त आम्दानीले उर्लाबारीमा रहेका व्यावसायीको पसलमा रहेको “आगो निभाउने उपकरण ाष्चभ भहतष्लनगष्कजभच चभाष्ििष्लन” गरी आगलागीबाट हुने क्षति न्युनिकरण गर्न विशेष पहल साथै स्थानिय अर्थतन्त्रलाई सशक्त बनाउने र व्यावसायिक क्षेत्रको समृद्धिमा योगदान पुर्याउने विश्वास लिएको छु ।”
फागुन १५ देखी १० दिन सम्म संचालन हुने महोत्सवको तयारी तिब्र रुपमा भईरहेको उर्लाबारी उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सवको प्रमुख उद्देश्यहरूः
–आगो निभाउने उपकरण ाष्चभ भहतष्लनगष्कजभच चभाष्ििष्लन” गर्ने ।
– स्थानिय व्यापार र व्यावसायलाई प्रोत्साहन र चलायमान बनाउने ।
– स्थानिय आदिवासीहरूको सांस्कृतिक प्रदर्शनी र संरक्षणमा योगदान पु¥याउने।
– स्वदेशी उत्पादन र वस्तुहरूको विक्रि र प्रर्दशनी गराउने ।
– कृषि र घरेलु उत्पादनहरूको अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने ।
– स्वदेशी उत्पादनहरूको गुणस्तर र औचित्यसम्बन्धी जानकारी दिन े।
– गोष्ठि र सेमिनारहरू आयोजना गरी आर्थिक गतिशीलता र निर्यातमा वृद्धि ल्याउने ।
– कोशी प्रदेशका पर्यटकीय स्थलहरूको विकास र प्रवर्धनमा जोड दिने ।
– उद्यमी र उपभोक्ताविच प्रत्यक्ष अन्तरक्रिया गराउने ।
– छिमेकी राष्ट्रसँगको व्यापार विस्तार र निर्यात योग्य वस्तुहरूको पहिचान गराउने ।
– महोत्सवमा प्रदर्शकलाई प्रदान गरिने सेवा र सुविधाहरूः
– विक्रि र प्रर्दशनीमा रहेका वस्तुहरूको विमा ।
– २४ घण्टा सुरक्षाको व्यवस्था ।
– महोत्सव स्थलमा इन्टरनेट सेवा ।
– स्थानिय पत्रपत्रिकाको दैनिक निशुल्क वितरण ।
– उत्कृष्ट स्टललाई सम्मान र पुरस्कार ।
– प्राविधिक सहयोग ।
फागुन २५ गतेसम्म संचालन हुने सो महोत्सवमा करिव ८० लाख भन्दा बढि खर्च हुने अनुमान आयोजकले गरेको छ ।
हरेक दिन साँझ ५ बजेसम्म निःशुल्क प्रवेश गरिने सो महोत्सवको रात्रीकालिन सांगेतिक कार्यक्रममा प्रवेश दर १ सय ५० रुपैया तोकिएको छ ।
त्यस्तैगरी उक्त महोत्सवको प्रायोजक तथा साझेदारहरूमा मुख्य प्रायोजक आई जोन इन्टरनेट, सह–प्रायोजकहरूमा पिएलओ लुब्रिकेन्ट्स, पेप्सी, टुवोर्ग, सोल्टी वेस्टइन्ड इटहरी, विवाडी, सिएट टायर्स, फोटन, मार्भेल, आर एई अग्नि इनकर्पोरेटेड, साङ्ग्रिला चप्पल, सेनिट्याव रहेका छन् ।

सम्बन्धित खवर