पथरी शनिश्चरे मिनि महोत्सव–२०८१ आजदेखि सुरु - Crazysaptahik.com

पथरी शनिश्चरे मिनि महोत्सव–२०८१ आजदेखि सुरु


क्रेजी संवाददाता
पथरी।
बिसाल युवा क्लबको आयोजनामा तथा कृषि बजार पथरी शनिश्चरेको सहकार्यमा आजदेखि मिनि पथरी महोत्सव–२०८१ सुरु भएको छ । महोत्सव फागुन १५ गतेदेखि चैत २ गतेसम्म पथरी शनिश्चरे–१, बिशाल बजारमा सञ्चालन हुनेछ ।

महोत्सव संयोजक अमत लिम्बूका अनुसार महोत्सवमा लोकप्रिय कलाकारहरू ज्योति मगर, दुर्गेश थापा, डम्बर नेपालीलगायतका प्रस्तुति रहनेछन् । त्यस्तै, स्थानीय कलाकारहरूका प्रस्तुति पनि विशेष आकर्षण रहनेछ। महोत्सवमा हाउजी बिंगोसहित रमाइलो खेलहरू पनि समावेश गरिएका छन् ।

मनोरञ्जनका लागि रोटे पिङ, बाल उद्यान, कोलम्बस, ड्रागन रेस, डट रेट, घिर्ने रेस लगायतका खेलहरू उपलब्ध हुने आयोजकले जानकारी दिएको छ । महोत्सवमा विशेष रूपमा पथरीका स्थानीय परिकारहरू पनि स्वाद लिन सकिनेछ ।

साथै, महोत्सवको क्रममा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। शिविरमा आँखा, कान, रक्तदान तथा अन्य स्वास्थ्यसम्बन्धी परीक्षण तथा परामर्श सेवा प्रदान गरिनेछ। आयोजकका अनुसार महोत्सवले स्थानीय संस्कृति, व्यापार र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास गरिएको छ ।

सम्बन्धित खवर