न्यू पेगोडा अंग्रेजी माविको ३३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम - Crazysaptahik.com

न्यू पेगोडा अंग्रेजी माविको ३३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम

क्रेजी संवाददाता
पथरी । न्यू पेगोडा अंग्रेजी माध्यमिक विद्यालय पथरी शनिश्चरे–१ को ३३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
आज विद्यालय हातामा वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको हो ।

कार्यक्रममा स्वागत मन्तव्य प्रिन्सिपल उद्धव निरौलाले राख्नुभएको थियो । त्यसपश्चात् विद्यार्थीहरुद्वारा निक्कै आकर्षक सामुहिक स्वागत नृत्य ‘पूर्वको माया पश्चिमलाई…’ प्रस्तुत गरिएको थियो । विद्यालयमा अध्ययनरत छात्र/छात्राहरुले क्रमैसँग र्याम्स, नृत्य, गायन, स्पिच र अभिनय पस्किएका थिए ।

पथरी शनिश्चरे वडा नं. १ का वडाध्यक्ष भीम कुमार राईको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा वि.व्य.स. अध्यक्ष दुर्गा सुवेदी दंगालको सभाध्यक्षता रहेको थियो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथि, निर्देशकले सामुहिक रुपमा शैक्षिक पुरस्कार वितरण गर्नुभएको थियो ।
यस्तैगरी विद्यार्थीका तर्फबाट मन्तव्य इशिका गुरागाई, संस्थापक सञ्चालकको तर्फबाट मन्तव्य रामकुमार बस्नेत र संस्थापक निर्देशक टिकाप्रसाद दंगालले मन्तव्य राख्नुभएको थियो ।

विद्यालयका तर्फबाट अभिभावक सम्मान कार्यक्रम पनि राखिएको थियो । अभिभावकहरु पदमबहादुर कार्की/सीता राई, अविनारायण सुवेदी/ सरस्वती सुवेदी, खेम पौडेल/रेखा पौडेल, नन्द केशर राई/ विष्णुमाया राई, मोहनचन्द्र राजभण्डारी र जगतबहादुर तिवारीलाई सम्मान गरिएको थियो । पेगोडाले प्रत्येक वर्ष वार्षिकोत्सव तथा अभिभावक दिवसमा यस्तै किसिमको विविध कार्यक्रम गर्दै आइरहेको छ ।

सम्बन्धित खवर