क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ बुद्धचौकमा अवस्थित वाल्मीकि मेमोरियल बोर्डिङ स्कुलले २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ ।
आज विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद न्यौपानेको अध्यक्षता तथा पथरी शनिश्चरे नगरपालिकाको शिक्षा शाखा प्रमुख नविन खुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्कुलका विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रमका अलवा नृत्य, गीत, वतृत्व कला र र्याम्पहरु प्रस्तुत गरेका थिए ।
सोही अवसरमा विद्यालयबाट २०५८ र २०५९ मा एसइई पास गरिसकेका ४४ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । स्कुलका सञ्चालक समेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नोवल किशोर खनालले स्कुलको प्रगति प्रतिवेदन तथा भावी योजना प्रस्तुत गर्नुभएको थियो ।
विद्यालयले गत शैक्षिक सत्रमा कक्षा नर्सरीदेखि ११ सम्म प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
भव्य वार्षिकोत्सव एवं अभिभावक दिवसमा पथरी शनिश्चरे नगर प्याब्सनका अध्यक्ष सन्तोष बस्नेत, पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकी, नगर शिक्षा समितिका सदस्य पर्शु मिश्र, वडा नं. २ का वडा सदस्य चन्द्र राई र विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो । वाल्मीकिले हरेक वर्ष वार्षिकोत्सव मनाउँदै आइरहेको छ ।