पथरीमा सेरामिक तालिम सुरु - Crazysaptahik.com

पथरीमा सेरामिक तालिम सुरु

पथरी । मोरङको पथरीशनिश्चरेमा कला साहित्य क्षेत्रमा क्रियाशील एभरेष्ट आर्ट फ्यूजनले माटोका सजावट सहित दैनिक उपभोग्य सामग्री निर्माण गर्ने १ महिने निःशुल्क तालिम शुक्रबारबाट सुरु भएको छ ।

नगरपालिका उपप्रमुख यमुना विष्ट बास्तोलाले घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र काठमाडौंको सहयोगमा सञ्चालन हुने १ महिने ‘ह्वील थ्रोइङ सेरामिक तालिम’को फरक ढंगले उद्घाटन् गर्नुभयो ।

तालिमका प्रशिक्षक कवि प्रजापतिले तत्कालै तयार गरेको माटोको पानसमा तेल हालेर बत्ती बाल्दै गरेको कार्यक्रम उद्घाटन् शैली सृजनात्मक भएको बताउँदै वास्तोलाले एभरेष्ट आर्टले नगरलाई देशमै चिनाउन सकेकोमा गर्व महसुस भएको जनाउनु भयो । नगरले यसखाले सृजनात्मक गतिविधिमा सधैं सघाउने वचन दिनुभयो । कार्यक्रममा, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख लालकाजी लामा, २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं सहितले एभरेष्टको गतिविधिले युवा पुस्तालाई सृजनशील बनाउँदै लगेको जनाउनु भयो ।

फ्यूजनका क्रियाशीलहरुले स्थापना गरेको पथरी सेरामिक उद्योगमा नगरका इच्छुकहरुका लागि त्यसप्रकारको तालिमको आयोजना गरिएको फ्यूजनकी संस्थापक अध्यक्ष सरोजा खड्गीले जनाउनु भयो । कवि प्रजापति र सम्शेर प्रजापतिले सहजिकरण गर्नुहुने तालिममा प्रत्येक वडाबाट ३,३ जनाका दरले ३० जनाको सहभागिता रहने छ ।  कार्यक्रम, नवनिर्वाचित अध्यक्ष षडानन्द सुवेदी निश्चलको अध्यक्षतामा सम्पन्न भयो ।

सम्बन्धित खवर