स्कुल स्तरीय नृत्य प्रतियोगिताको उपाधि चिनारीलाई - Crazysaptahik.com

स्कुल स्तरीय नृत्य प्रतियोगिताको उपाधि चिनारीलाई

क्रेजी समाचारदाता
पथरी । नेशनल प्याव्सनले आइतबार आयोजना गरेको स्कुल स्तरीय नृत्य प्रतियोगिताकोको सिनियर र जुनियर दुवैतर्फको उपाधि हत्याउन सफल भएको छ पथरीशनिश्चरे–२ देवीगन्जको चिनारी अंग्रेजी बोर्डिङ स्कुल । ब्राइट सनराइज अंग्रेजी स्कुल कुशल चौकमा भएको सो प्रतियोगितामा पथरीशनिश्चरे नगर भित्रको १० वटा विद्यालयहरुको सहभागिता रहेको थियो । चिनारीले यस भन्दा अघि पनि नृत्यतर्फ आफूल अब्बल दराइसकेको छ ।


नृत्य प्रतियोगिताको सिनियरतर्फ चिनारी अंग्रेजी बोर्डिङ स्कुल प्रथम, ब्राइट सनराइज इ. स्कुल दोस्रो र बाल नमूना विद्या मन्दिर तेस्रो भए । यस्तै जुनियरतर्फ चिनारी अंग्रेजी बोर्डिङ स्कुल प्रथम, चौबिसे एकेडेमी दोस्रो र मिसन एकेडेमीले तेस्रो स्थान हासिल गरे । नेशनल प्याव्सन पथरीशनिश्चरे कमिटीका अध्यक्ष कमल खरेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि १ नं. प्रदेश अध्यक्ष जयबहादुर श्रेष्ठ रहेका थिए । यस्तै विशिष्ट अतिथिहरुमा मोरङ जिल्ला अध्यक्ष सुनिल अधिकारी, सचिव नारायण ढकाल, प्रेदश नं. १ सदस्य कमल खनाल रहेका थिए । नेशनल प्याव्सनले यस किसिमको अतिरिक्त कार्यक्रमहरु गर्दै आइरहेको छ ।

सम्बन्धित खवर