क्याम्पस स्तरीय महिला भलिबल प्रतियोगिता हुने - Crazysaptahik.com

क्याम्पस स्तरीय महिला भलिबल प्रतियोगिता हुने

प्रेमप्रसाद भट्टराई (के.डी.)
पथरी l पथरीशनिश्चरेमा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता हुने भएको छ । किरात राई खेलकुद संघ मोरङको आयोजनामा हुने सो कार्यक्रमबारे आईतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । प्रतियोगितामा मोरङका ६ वटा क्याम्पसले सहभागिता जनाउंनेछन् ।

जस अन्तर्गत उर्लाबारी बहुमुखी क्याम्पस, रमाईलो बहुमुखी क्याम्पस, सुकुना क्याम्पस, लेटाङ बहुमुखी, भगवती क्याम्पस र पथरी बहुमुखी क्याम्पसले सहभागिता जनाउनेछन् । फागुन ३० गते हुने सो खेलका बिजेताले नगद १५ हजार र उपबिजेताले १० हजार साथै ट्रफी र मेडल प्राप्त गर्नेछन् । सुनाखरी खेलमैदानमा हुने सो प्रतियोगिता बारे आइतबार पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

सम्बन्धित खवर