रेडस्टारको २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस - Crazysaptahik.com

रेडस्टारको २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

प्रेमप्रसाद भट्टराई (के.डी.)
मोरङको पथरीशनिश्चरे–२ मा रहेको रेडस्टार वोर्डिङको २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
सिन भिलेज पार्टी प्यालेसको सभाहलमा भव्यताका साथ सम्पन्न सो कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राई(किशोर) को प्रमुख आतिथ्यता रहेको थियो । विद्यालयका प्रमुख अतिथि र प्रिन्सिपल टी.एन. तिम्सिनाले पानसमा बत्ती बाली उद्घाटन गरेको सो कार्यक्रममा वडा नं–१० का वडाध्यक्ष सागर राई, ४ का गोविन्द भण्डारी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न विधा खेलकुद तथा अतिरित्त प्रतियोगितामा उत्कृष्ट हुने लगायतका विद्यार्थिहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा पर्शु मिश्र लगायतले मन्तव्य राखेका थिए । पढाइमा मात्र नभइ हरेक क्षेत्रमा आफ्ना विद्यार्थीहरुलाई उत्कृष्ट बनाउदै आएका कारण यो बोर्डिङ विद्यार्थी तथा अभिभावकको रोजाइमा विशेष प्राथमिकतामा पर्ने बोर्डिङ हो ।

सम्बन्धित खवर