क्रेजी साप्ताहिक
कानेपोखरी । मोरङको कानेपोखरी गाँउपालिका वडा नं. ७ मा अवस्थित महेन्द्र राजमार्गमा बा ११ च ७९४८ नं. को टाटा सुमो दुर्घटना हुंदा २ जनाको मृत्यु भएको छ । जम्मा ९ जना सवार मध्ये २ जना गम्भीर घाईते भएका छन भने ५ जना समान्य घाईते भएका छन् । शनिवार बिहान ४ बजेतिर जंगलको एरियामा सो दुर्घटना भएको हो ।
पश्चिमबाट पुर्व तर्फ आउंदै गरेको ना. ३ ख ६९१८ नम्वरको मालबाहक कन्टेनरमा पछाडिबाट आएर ठोकिदा घटना स्थलमै १ जनाको मृत्यु भएको हो भने १ जनाको उपचारको क्रममा न्यूरो अस्पताल बिराटनगर मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले बताएका छन् । मृत्यु हुनेमा झापा गौराहद नगरपालिकाका बर्ष ४५ का प्रकाश मगर, झापा अर्जुनधाराका ४ का बर्ष ४७ का रामकुमार अछामी रहेका छन् । घाइतेहरुमा झापा गौराहदकी बर्ष १४ कि प्रबिता मगर, दुर्गा मगर रहेका छन् ।
दुर्घटनामा परेका अन्य ५ जनाको पनि न्यूरो अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाईतेहरुमा झापा गौराहदका योगेस न्यौपाने, बबिता मगर, काभ्रेका रमेश तामाङ, पाँचथर मिक्लाजुङका हरिप्रसाद नेङवाङ र झापा दमकका सुमो चालक कुल बहादुर रेग्मी रहेका छन् । घटना पछि तत्कालै पथरी इलाकाको गस्ती प्रहरी टोलीले सम्पूर्ण घाईतेहरुलाई उदार गरेको थियो ।