निःशुल्क कम्प्यूटर अपरेटर तालिम - Crazysaptahik.com

निःशुल्क कम्प्यूटर अपरेटर तालिम

क्रेजी साप्ताहिक
पथरी । प्रदेश नम्वर १ को प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरमा ३ महिने निःशुल्क कम्प्युटर अपरेटर तालिम भएको छ । पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले सीटीइभीटीको प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत वडा नम्वर १ को सुनाखरी माध्यामिक विद्यालयदरा आयोजित सो तालिमको आइतबार उद्घाटन् गरे ।
उद्घाटन क्रममा उनले समय र अवसर दुवै भएका युवा पुस्ताले ज्ञानलाई सीपमा र सीपलाई रोजगारीमा परिणत गर्न यसखाले तालिमले सघाउने बताए । कार्यक्रममा १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन, सीटीइभीटीका प्रदेश निर्देशक शिवप्रसाद दहाल, सुनाखरी माविका व्यवस्थापन समिति अध्यक्ष कुमार चाम्लिङ र प्रधानाध्यापक केशवप्रसाद शर्माले मन्तव्य व्यक्त गरे । सो तालिममा ३ समूहमा गरी ५० भन्दा बढीको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर