विकास निर्माणका योजना अनुगमन - Crazysaptahik.com

विकास निर्माणका योजना अनुगमन

क्रेजी साप्ताहिक
पथरी । पथरीशनिश्चरे नगर क्षेत्रका विकास निर्माणका योजना अनुगमन्का क्रममा आइतबार अनुगमन् टोलीले ३ वटा योजना अनुगमन् गरेको छ । नगर उपप्रमुख एवम् अनुगमन् टोली संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा नगरका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, इन्जिनियर कृष्णप्रसाद कोइराला सहितका अनुगमन् सदस्यले सडकका योजना अनुगमन गरिन् ।

जसमा, डेढ लाख रुपैयाँको लागतमा वडा नम्वर ४ स्थित पोषण पोखरेलको घर उत्तरको नाला खन्ने सहितको सडकस्तोन्नती योजना अनुगमन् भएको छ । त्यसैगरी, ६ नम्वर वडाको भातेगौंडास्थित राधा अधिकारीको घर पश्चिम ६ नम्वर मरिया वक्राहा हुँदै नेवार कान्छाको घरसम्मको ४ किलोमिटर ७ सय मिटर दुरीको सडक स्तरोन्नती कार्यको अनुगमन् गरिएको छ । ५ लाख ६१ हजार ४ सय ४९ रुपैयाँको लागतमा सडक स्तरोन्नती भएको हो ।

यस्तै २ लाख २४ हजार ८ सय ९५ रुपैयाँको लागतमा वडा नम्वर ८ को शुक्रबारे बजार व्यवस्थापनका रुपमा टहराको व्यवस्थापन कार्यको पनि अनुगमन सम्पन्न भएको टोली संयोजक बास्तोलाले बताइन् । टोलीले वडा नम्वर ४ र ६ को सिमानामा पर्ने पिप्ले खोलामा निर्माण भइरहेको पुलको समेत निरीक्षण गरेको थियो ।

सम्बन्धित खवर