पथरीशनिश्चरेमा पूर्जावाला र बसोबासवालासँग छलफल गरिने - Crazysaptahik.com

पथरीशनिश्चरेमा पूर्जावाला र बसोबासवालासँग छलफल गरिने

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे क्षेत्रमा विगत लामो समयदेखि जकडिएर रहेको जग्गाको दोहोरो स्वामित्व तथा अव्यवस्थित बसोबासको समस्या समाधानको पहल थाल्न नगरको सर्वपक्षीय समिति लागि परेको छ ।

यस क्रममा मंगलबार बसेको समितिको वैठकले पहिलो चरणमा दोहोरो स्वामित्व सम्वन्धमा तत्काल पूर्जावालासँग र त्यसपछि जग्गा भोग गर्दै आएका बसोबासवालासँग छलफल अघि बढाउने निर्णय भएको समितिका संयोजक एवम् नगरपालिकाका प्रमुख दिलिपकुमार राई (किशोर)ले जनाए ।
नगरपालिकाले नगरमा रहेका दल सहितको सर्वपक्षीय रुपमा ‘दोहोरो स्वामित्व तथा अव्यवस्थित बसोबास समस्या समाधान पहल समिति’ गठन गरेर समाधानको पहलमा अघि बढेको छ ।

सम्बन्धित खवर