दुई दिने नेतृत्व विकास तालिम - Crazysaptahik.com

दुई दिने नेतृत्व विकास तालिम

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे– ३ मा वडा महिला समूहले महिलाका लागि दुई दिने नेतृत्व विकास तालिम (मंगलबार) आजबाट सुरु गरेको छ ।तालिमको एक औपचारिक कार्यक्रमका बीच नगरपालिका उपप्रमुख यमुना बिष्ट वास्तोलाले प्रमुख अतिथिका रुपमा उद्घाटन् गरिन् । कार्यक्रममा बास्तोलाले महिलाहरु सृजनशील र उद्यमी वन्नु पर्ने कुरामा जोड दिँदै नगरले महिलाका लागि दुना टपरी, ढाका तान, सैलुन, डकर्मी सहितका तालिमका कार्यक्रम ल्याएको उल्लेख गरिन् ।

उक्त अवसरमा ३ नम्वर वडाका कार्यवाहक अध्यक्ष देवीप्रसाद घिमिरे, कार्यपालिका सदस्य मायामेगी गुरुङ, अगुवा समाजसेवी भवानी पोखरेलले मन्तव्य राखे । भो रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमपछि सामाजिक अभियन्ता अञ्जु सिग्देलले तालिमको सहजिकरण गरिन् । वडाको १ लाख बजेटमा तालिमको आयोजना गरिएको हो । तालिममा ५० जना भन्ँदा बढीको सहभागिता रहेको छ ।

सम्बन्धित खवर