पथरीशनिश्चरे ६ मा बाल सञ्जाल गठन - Crazysaptahik.com

पथरीशनिश्चरे ६ मा बाल सञ्जाल गठन

क्रेजी साप्ताहिक
पथरी । पथरीशनिश्चरे– ६ मा बाल अधिकार प्रवद्र्धन तथा सृजनशील गतिविधिका लागि बुधबार वडा बाल सञ्जाल गठन भएको छ । पथरीशनिश्चरे नगरपालिका र वडा कार्यालयको सहयोगमा युवा जागरण नेपाल उर्लाबारीले आयोजना गरेको कार्यक्रम माझ नेहा राई अध्यक्ष रहेको बाल सञ्जाल गठन भएको हो ।

त्यहाँका ५ वटा विद्यालयबाट सहभागी बाल विद्यार्थी बीच गठित समितिको उपाध्यक्षमा सुरज मण्डल, सचिवमा अनिता केवरथ, सहसचिवमा जस्टिना राई र कोषाध्यक्षमा रीया भुजेल चुनिएका छन् । यस्तैगरी सदस्यमा कृष्ण निरौला, अंकित रायामाझी, विष्णुचन्द्र मण्डल र सविता शर्मा रहेका छन् ।

पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले निर्वाचितहरुलाई टीका लगाइदिँदै बाल अधिकार संरक्षण गर्न तथा सृजनशील हुन शुभकामना दिइन् । उनले सवै वडा र नगर वाल सञ्जाल गठन गर्न नगरपालिका लागिपरेको पनि जनाइन् । कार्यक्रममा युवा जागरण नेपालका अध्यक्ष अर्जुन बास्तोला र तिलक नेपालीले सञ्जाल गठन प्रक्रियाको सहजीकरण गरेका थिए ।

सम्बन्धित खवर