पथरीशनिश्चरे रंगशालामा झार रोप्ने कार्यको थालनी - Crazysaptahik.com

पथरीशनिश्चरे रंगशालामा झार रोप्ने कार्यको थालनी

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे–१ जातेमोडमा अवस्थित पथरीशनिश्चरे रंगशालामा विहिबारदेखि झार रोप्ने कार्य थालिएको छ । प्रदेस नम्बर १ स्तरीय उचित जैविक उद्योग प्रा.लि. पथरीशनिश्चरे २ को प्राविधिक सहयोगमा शो कार्य सुरुवात भएको हो ।

सो कार्यमा पथरीशनिश्चरे– १ का वडाध्यक्ष बाबुराम एङ्देन, नगर खेलकुद विकास समितिका अध्यक्ष मणि लिम्बु, यस नगरका खेलाडीहरु, उचित जैविक उद्योग प्रा. लि.को प्राविधिक टिम लगायत अन्य ब्यक्तिहरुको उपस्थितिमा सो कार्य सुरुवात गरिएको हो । भावी दिनमा आयोजना हुने विभिन्न खेलकुद प्रतियोगितालाई मध्यनर गर्दै खेल मैदानमा धुलो र बालुवा धेरै भएकोले खेलाडीहरुलाई खेल खेल्न सजिलो होस् भन्ने कुरालाई मध्यनजर गर्दै दिनमा ३ घन्टा जति झार रोप्ने कार्य थालिएको वडाध्यक्ष बाबुराम एङ्देनले जानकारी दिए ।

यसैगरी रंगशालामा झार रोप्ने कार्य कहिलेसम्म ? भन्ने प्रश्नमा नगर खेलकुद विकास समितिका अध्यक्ष मणि लिम्बुले भने–‘यसैगरी दैनिक झार रोप्ने कार्य हाम्रो १५ दिनसम्म रहनेछ । त्यसपछि यसको रेखदेख गर्ने कार्यमा हामी निरन्तर बघी बढ्नेछौं ।’

सम्बन्धित खवर