क्रेजी साप्ताहिक
उर्लाबारी । संघीय समाजवादी फोरम नेपाल उर्लाबारी नगर समितिको प्रथम अधिवेशनले मातृका धिमाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । बिहीबार साँझ सम्पन्न नगरसमितिको अधिवेशनबाट उपाध्यक्षद्वयमा सावित्रा याक्खा र केशरमान राई, सचिबमा सूर्य माझी, सहसचिबमा सरोज राई र कोषाध्यक्षमा जेनिथहाङ लिम्बू रहेका छन् ।
यस्तै, सदस्यहरुमा पृथ्वी केदेम, श्रीप्रसाद धिमाल, समशेर लिम्बू, फूलमाया तामाङ, भोला माझी, तीर्थकुमारी चेम्जोङ, जितेन्द्रलाल दनुवार, सञ्जय माझी, वविता दनुवार र दीलकुमारी लिम्बू रहेका छन् । नवनिर्वाचित धिमालका अनुसार नगर समितिको पहिलो बैठकले बाँकी पाँच जना सदस्य मनोनित गर्नेछ । उर्लाबारी–५ स्थित बौद्ध गुम्बामा भएको नगर समितिको अधिवेशन उद्घाटन पार्टीका केन्द्रीय महासचिब रणध्वज कन्दङ्वाले गरेका थिए ।