प्रदेश स्तरीय तेस्रो ढल्के जोवन गोल्ड कप हुने - Crazysaptahik.com

प्रदेश स्तरीय तेस्रो ढल्के जोवन गोल्ड कप हुने

क्रेजी साप्ताहिक
पथरी । मोरङको सुनबर्सीमा प्रदेश स्तरीय तेस्रो ढल्के जोवन गोल्ड कप आयोजना हुने भएको छ । प्रथम पुरस्कार रु. २ लाख ११ हजार पुरस्कार राशी सहितको प्रतियोगिता प्रदेश १ का १६ टिमहरुको सहभागितामा हुने भएको हो ।

अमरदह ढल्के जोवन युवा क्लबको आयोजनामा हुने यस प्रतियोगितामा प्रथम पुरस्कार २ लाख ११ हजार रहेको छ भने दोस्रो पुरस्कार १ लाख ५१ हजार रहेको आयोजकले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका हो ।

३० बर्ष माथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउने भेट्रान प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ, हरेक दिनको मेन अफ द म्याच घोषितलाई १५ सय रुपैयाँ सहित ट्रफी प्रदान गरिने आयोजक क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए । प्रतियोगितामा सहभागी खेलाडीले आफू ३० बर्ष पुगेको र नेपाली भएको प्रमाणित हुने कागज पत्र अनिवार्य पेश गर्नुपर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका सम्पुर्ण खेलहरु सुनबर्सी– २ अमरदहको विरेन्द्र सार्वजनिक माध्यमिक विद्यालयमा आयोजना हुनेछ ।

सम्बन्धित खवर