
क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरेमा युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयको आयोजनामा एकदिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।
पथरीशनिश्चरे–१ को मन्दिरलाईनमा स्थापित सरस्वती गेष्ट हाउसमा सञ्चालित तालिममा स्थानीय तहका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, उद्योग बाणिज्य संघका प्रतिनिधि, सहकारी विज्ञ लगायतले सहजीकरण गरेका थिए ।
सो कार्यक्रममा युवा स्वरोजगार कोषको परिचय, उद्देश्यहरु, विशेषताहरु, क्रृण लगानी प्रक्रिया, ब्याजदर, लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । नगरमा सञ्चालित ५ वटा सहकारीका ८१ जना प्रतिनिधिहरुले तालिममा सहभागिता जनाएका थिए ।

