
क्रेजी साप्ताहिक
बारा ।सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय नेपाली रुपैयाँसहित बाराको परवानिपुर ३ गाउँपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत घर बताउने ४० बर्षिय ईनामोल र २५ बर्षिय ईसा आलम छन् ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले निजहरुलाई उक्त रुपैयाँसहित पक्राउ गरेको हो । बी आर ०५ जेड १४४३ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई एपीएफ टोलीले जाँच गर्दा सो रुपैयाँ फेलाको र सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि उल्लेखित रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

