म्याग्दीमा चट्याङ लागेर दुईको मृत्यु - Crazysaptahik.com

म्याग्दीमा चट्याङ लागेर दुईको मृत्यु


क्रेजी साप्ताहिक । शनिबार राति म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।  मुत्यु हुनेमा छब्बीस वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजा रहेका छन् ।

बेनी अस्पतालमा उपचारको क्रममा आज उनिहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  घाइते द्वयलाई सो अस्पताल ल्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ । मृतक पुन र गर्बुजा छिमेकी हुन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.