७ वर्षअघि प्रचण्डलाई ‘थप्पड’ हान्ने पदम कुँवर फेरि पक्राउ - Crazysaptahik.com

७ वर्षअघि प्रचण्डलाई ‘थप्पड’ हान्ने पदम कुँवर फेरि पक्राउ


क्रेजी साप्ताहिक
काठमाडौँ । ७ वर्षअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि थप्पड प्रहार गर्ने पदम कुँवर पक्राउ परेका छन् । संघीय संसद भवन भित्रबाट कुँवर पक्राउ परेका हुन् ।

नयाँ बानेश्वरमा रहेको संसद भवनभित्र रहेको शौचालयमा अनुमतिबिना प्रवेश गरेको भन्दै कुँवरलाई सोधपुछको लागि पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त तीनकुनेका डीएसपी दुर्गाराज रेग्मीले पुष्टि गरे । डीएसपी रेग्मीका अनुसार संसद भवनको गेटभित्र रहेको शौचालय छिरेका कुँवरलाई शनिबार राति पक्राउ गरेर हिरासतमा राखिएको हो । ‘कसैलाई भित्र पसेछन् । त्यसपछि नियन्त्रणमा लिइएको हो । अहिले छाड्ने तयारी भइरहेको छ,’ डीएसपी रेग्मीले भने ।

नेताहरुले देश बिगारेको भन्दै शौचालय जाने बहानामा संसद भवन पसेको कुँवरले प्रहरी समक्ष बताएको स्रोतले जानकारी दियो । बाग्लुङका कुँवरले २०६९ मंसिरमा प्रचण्डलाई थप्पड हानेका थिए ।  तत्कालीन माओवादीले आयोजना गरेको चियापान कार्यक्रममा कुँवरले प्रचण्डलाई थप्पड हानेपछि उनलाई नियन्त्रणमा लिइएको थियो । त्यसपछि चर्चामा आएका कुँवर पछि धरौटीमा छुटेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.