
क्रेजी साप्ताहिक
बाँके । जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका २ आनन्दनगर बस्ने २८ वर्षीय चित्र बहादुर थापालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
१९ वर्षीय एक किशोरीलाई घरसम्म पुर्याईदिन्छु भन्दै भे.१ च २२९७ नम्बरको भ्यानमा राखी बैजनाथ गाउँपालिका ४ गाबरस्थित होमस्टेमा लगेर जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

