
क्रेजी साप्ताहिक । धरानबाट काकड्भिट्टाको लागि छुटेको यात्रुबाहक बसमा लागलागि भएको छ । धरानबाट छुटेको जलहरी यातायात प्रालिको को १ख ६८४१ नम्बरको बसमा गोठगाउँ नजिकै आइपुगेपछि गुडिरहको अवस्थामै आगलागी भएको हो ।
बसमा आगो लागेको थाहा पाउनासाथ सबै यात्रुहरुलाई ओरालीएकोले बसमा सवार सबै यात्रुहरु सकुसल रहको जनाइएको छ । आगलागीबाट बसको चालक नजिकै रहेको इन्जिनका भागहरु जलेको छ ।

