खुकुरी प्रहार गरि गाउँपालिका अध्यक्षका छोराकोे हत्या - Crazysaptahik.com

खुकुरी प्रहार गरि गाउँपालिका अध्यक्षका छोराकोे हत्या


क्रेजी साप्ताहिक
दाङ । खुकुरी प्रहारबाट गाउँपालिका अध्यक्षका छोराको हत्या भएको छ । खुकुरी प्रहार गरी सल्यानको त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीका छोराको सोमबार हत्या गरिएको हो । दाङको तुलसीपुर उपमहानगरपालिका ५ निवासी २३ वर्षीय हिरा डाँगीमाथि तुलसीपुर ६ रजौरामा सोमबार बिहान १ बजेतिर खुकुरी प्रहार भएको प्रहरीले बताएको छ ।

तुलसीपुरका अमृत खडकालगायत ४/५ जना युवाको समूहले डाँगीमाथि सामान्य विवादमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमनाथ योगीले जानकारी दिए । घाइते डाँगीको तुलसीपुरमा प्रारम्भिक उपचारपछि राती नै थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा लगिएको थियो ।

नेपालगञ्जमा पनि उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत उनलाई उपचारका लागि काठमाडौ पुर्‍याइएको थियो । काठमाडौंमा उपचारका क्रममै मुत्यु भएको डीएसपी योगीले बताए ।फुटबल खेलाडी तथा नेविसंघका नेता समेत रहेका डाँगी किन राती त्यहाँ पुगेका थिए र किन उनीमाथि खुकुरी प्रहार भयो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । खुकुरी प्रहार गर्ने युवाको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.