द भ्यावाइस अफ नेपालले ठगी गरेको संज्ञा, सिजन १ का प्रतिस्पर्धी श्रीजयले लेखे खुल्लापत्र - Crazysaptahik.com

द भ्यावाइस अफ नेपालले ठगी गरेको संज्ञा, सिजन १ का प्रतिस्पर्धी श्रीजयले लेखे खुल्लापत्र


क्रेजी साप्ताहिक । रियालीटि शो ‘द भ्वाइस अफ नेपाल’ ले सम्झौता अनुसारको कार्य नगरेको भन्दै एक प्रतिस्पर्धीले गुनासो गरेका छन् । शो को सिजन १ का प्रतिस्पर्धी श्रीजय थपलियाले एक खुलापत्र लेख्दै सो दुखेसो पोखेका छन् ।

भ्वइस अफ नेपालको सिजन १ मा उत्कृष्ट ४ मा पर्न सफल थपलियाले आफ्नो फेसबुक एकाउण्टमा लेखेको छन् ‘आज आज भोली भोली भन्दै कनट्रयाक्ट पेपरमा सहमति भएका कुराहरु सिजन दुई सकिदा पनि हामिलाई भनिएका कुराहरु पुरा नहुँदा यो प्रतिभा उजागरको नाममा मा‌‌ैलाएको ठगी धन्दा बुझेको छु ।’ उनले सिजन २ का विजेता छानिसक्दा पनि सिजन १ का कलाकारलाई कुनै वास्ता नगरेको भन्दै दुःखेसो पोखेका छन् ।

थपलियाको स्टाटस जस्ताको तस्तै ः

खुल्ला पत्र ….
….भोईस अफ नेपाल ……….
म भोईस अफ नेपाल सिजन ञ्१ को टप ४ फाईनलिस्ट मध्य एक सृजय थपलिया। मलाई यसरी सामाजिक सँजालमा आएर आफ्नै टिम भित्रको कुरा गर्न त मन थिएन ।तर मलाई समबन्धित ले नै बाध्य बनाएको हो। एक बर्ष लामो समय सम्म म मौन बसेको नै हुँ। आज आज भोली भोली भन्दै कनट्रयाक्ट पेपरमा सहमति भएका कुराहरु सिजन दुई सकिदा पनि हामिलाई भनिएका कुराहरु पुरा नहुँदा यो प्रतिभा उजागरको नाममा मा‌‌ैलाएको ठगी धन्दा बुझेको छु।

बिश्व भ्रमण,एक बर्ष सम्मको खाने बस्ने ब्यवस्था , मासिक एक लाख तलव , हरेक सो गरे बापत ५०५ रकम जस्ता थुप्रै भ्रामक सपनाहरु देखाईए जुन कागतमा मात्र सिमित रहे। हामीले बारम्बार अनुरोध गर्दापनि हामीलाई बेवास्ता गरियो। कनट्रयाक्टमा रहदाँ आफु अनुकुल कामपनि हामीलाई गर्न दिईएन।

कसैलाई झुठो सपना देखाई गीत सँगीतलाई ब्यवसाय बनाउँनु राम्रो होईन। अहिले सिजन २ का नयाँ कलाकार आई सक्दापनि सिजन १ कै हिसाब किताब मिलेको छैन । यो निकै लज्जास्पद , हाँस्यास्पद र गैर जिम्मेवारी कुरा हो। भन्न त धेरैले भन्नु होला भोईस अफ नेपालले नै चिनायो र आज त्यसकै कुरा काट्दैछ। तर धैर्यताको पनि एउटा सिमारेखा हुँदो रहेछ र आज यसरी लेख्न बाध्य भएको हुँ । म जस्तो नव प्रतिभाको ठाउँमा उभिएरपनि सोचिदिनु होला अनि हामी माथी भएको अन्याय महसुस गर्नु हुनेछ। धेरैले भन्नु होला सृजयले यो के नाटक गर्याे एक बर्ष अघि नै किन यसरी कुरा ननिकालेको भनेर

। हामी नेपालमा सबैले भावना र समबन्धलाई कदर गर्दै काम गरेको हुन्छौँ। त्यसैले धेरै मौका दिए मैलेपनि समबन्धित माहानुभावहरु लाई । घुस लिने जतिकै दिनेपनि उतिकै सजाएको भागीदार भए जस्तै अन्याय गर्ने भन्दापनि अन्याय सहनेको ठुलो गल्ती हुन्छ। यो कुरा मैले मन देखि नै बुझेको छु र यो शैलीको अनत्य पनि हुनुपर्छ भन्ने मेरो मान्यता हो। यो खुला पत्रलाई अनत्य नसोचिदिनु होला यो त मात्र सुरुवात हो।
सृजय थपलिया
फाईनलिस्ट सिजन १

सम्बन्धित खवर