वडा नंबर ८ को वडाकार्यालयको भवन निर्माण सुरु - Crazysaptahik.com

वडा नंबर ८ को वडाकार्यालयको भवन निर्माण सुरु


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको ८ नम्वर वडा कार्यालयको भवनको पनि निर्माण सुरु भएको छ । सोमवारे बजार क्षेत्रमा स्थानीयवासीले संकलन गरेको १० लाख रुपैयाँको १ कठ्ठा र सोमवारे वजारको अन्य गरी साढे ४ कठ्ठा जग्गामा कार्यालय भवन वन्ने वडाध्यक्ष बाबुराम दाहालले बताए ।

पञ्चेबाजा समेत बजाएर आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला र वडाध्यक्ष दहालले संयुक्त रुपमा भवनको शिलान्यास गरेका छन् । ६८ लाख रुपैयाँको नगरको स्टिमेटमा ४७ लाखमा भवनको ठेक्का लागेको छ । यसअघि वडा नम्वर २ र ७ को भवनको पनि शिलान्यास भइसकेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.