मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु - Crazysaptahik.com

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु


क्रेजी साप्ताहिक
काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मध्यपुर ठिमी नगरपालिका ३ कौशलटारसिथित राजमार्गमा बा ५८ प १६७७ नम्बरको मोटरसाइकल र प्रदेश नं. ३–०२–००९ प ०३५९ नम्बरको स्कुटर ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृतकको सनाखत भैनसकेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा नागरिक अस्पताल गठ्ठाघरमामा मृत्यु भएको प्रहरीले जनाएको छ । कोटेश्‍वरबाट सुर्य्बिनायकतर्फ आउँदै गरेको स्कुटीलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल स्कुटीको पछाडी ठोक्किएर दुर्घटना भएको हो । प्रहरीले स्कुटर चालक मध्यपुर ठिमी नगरपालिका ८ बोडेकी १८ की इशा ढेकेलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.