
क्रेजी साप्ताहिक । अछाममा भीरबाट लडेर एकजना जनप्रतिनिधिको ज्यान गएको छ । रामारोशन गाउँपालिका–६, का वडासदस्य मानसिंह साउदको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, अछामले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी नायव उपरीक्षक दीपक भारतीले भीरबाट लडेर ज्यान गुमाएको र बुधबार बिहान शव भेटिएको बताए । ‘प्रारम्भिक अनुसन्धानले भीरबाट लडेर ज्यान गएको पाइएको छ,’ उनले भने, ‘थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा पुग्दै छ ।’

