आज फेरि १० लाख मास्क बरामद - Crazysaptahik.com

आज फेरि १० लाख मास्क बरामद


क्रेजी साप्ताहिक
काठमाडौं । आज पनि राजधानीबाट ठुलो परिमाणमा सर्जिकल मास्क बरामद भएको छ ।   कोरोना भाइरसको आतंकका बीच मास्कमा कालोबजारी हुने गरेको गुनासोसँगै आक्रामक रुपमा प्रस्तुत भएको प्रहरीले राजधानीको सानो भर्‍यााङबाट १० लाख मास्क बरामद गरेको हो ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बुधबार सो परिमाणको मास्क बरामद गरेको हो । पक्राउ पर्नेमा गोरखाका युवराज न्यौपाने रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । यसअघि शनिबार आइतबार र सोमबार पनि प्रहरीले १० लाख बढी मास्क बरामद गरेको थियो । महान्यायाधीवक्ताको कार्यालयले बरामद मास्क तत्काल प्रक्रिया पुर्याएर बिक्रीवितरण गर्न प्रहरीलाई निर्देशन दिइसकेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.