एन्फा विवाद सतहमा, वरिष्ठ उपाध्यक्षले राखे ९ बुँदे फरक मत - Crazysaptahik.com

एन्फा विवाद सतहमा, वरिष्ठ उपाध्यक्षले राखे ९ बुँदे फरक मत


क्रेजी साप्ताहिक । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको विवाद सतमा आएको छ । वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले एन्फा कार्यसमिति बैठकले गरेका निर्णयमा असहमति राख्दै नोट अफ डिसेन्ट लेखेपछि आन्तरिक विवाद छताछुल्ल भएको हो।

एन्फा कार्यसमितिको ०७६ माघ २६ गते बसेको बैठकले गरेको निर्णयमा आफ्नो असहमति रहेको भन्दै वरिष्ठ उपाध्यक्ष नेम्वाङले ९ बुँदे नोट अफ डिसेन्ट लेखेका छन् । उनले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई मंगलवार उक्त असहमतिपत्र बुझाएका छन् ।

यसअघि कार्यसमिति बैठकमै आफ्नो असहमति रहेको भन्दै माइन्युट बुकमै लेख्न खोज्दा अध्यक्ष र महासचिवले लिखित रूपमै असहमति पत्र लेख्न भनेकाले त्यहीअनुरूप गरेको नेम्वाङले बताएका छन् ।

नेम्वाङले एन्फाले विभिन्न ९ वटा एजेन्डामा गरिएको निर्णयबारे आफ्नो असहमति जनाएका छन् । जसमा फागुन पहिलो साता सम्पन्न ‘ए’ डिभिजन लिगका लागि कतार एअरवेज र एनटिभीसँग गरिएको सम्झौतालगायतमा फरक मत छ ।

सम्बन्धित खवर