कोरोना त्रास : अब डान्स क्लबदेखि सिनेमा हलसम्म बन्द - Crazysaptahik.com

कोरोना त्रास : अब डान्स क्लबदेखि सिनेमा हलसम्म बन्द


क्रेजी साप्ताहिक
काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण फैलन नदिन सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, डान्स क्लब बन्द गर्ने निर्णय गरेको छ । कोरोना रोकथाम उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको अर्थमन्त्री समेत रहेका सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

त्यस्तै, एउटा स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने पनि समितिले निर्णय गरेको छ । उक्त निर्णय आगामी वैशाख १८ गतेसम्म लागु हुने समितिले जनाएको छ ।

 

सम्बन्धित खवर