समिर र सुमिनाको सोल्टीनि ज्यू (भिडियो सहित) - Crazysaptahik.com

समिर र सुमिनाको सोल्टीनि ज्यू (भिडियो सहित)


क्रेजी साप्ताहिक
पथरी । इमेज अवार्ड पाउन सफल ‘प्रिय तिमले माया मा¥यौ नि’ बोलको गितबाट चिनिएका गायक समिर वि.कले लामो समयपछि नया गित लिएर आएका छन् । गायिका सुमिना बराईलीको साथमा उनले पूर्वेली गीत ‘भेटैमा भयो सोल्टिनी’ लिएर आएका हुन् ।

बुद्धिमान बराइलीको शब्द तथा लय रहेको सो गितमा रिकेश बज्रचार्यको छायाँकन तथा राम बिकको निर्देशन रहेको छ । गितलाई बुढासुब्बा युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो ।भिडियोमा विशाल र दिपाको जीवन्त अभिनय देख्न सकिन्छ । मोरङको पथरीशनिश्चरेका गायक वि.क र धनकुटाकी गायीका सुमिनाको उक्त गित पथरीकै आसपासका ठाउँहरुमा खिचिएको हो ।

गितलाई गायकीका साथै, अभिनय, छायाँकन तथा निर्देशन लगायतका सबै पक्षमा मेहनतका साथ तयार पारिएको हुनाले दर्शक श्रोताको मन जित्ने कुरामा आशावादि रहेको निर्देशक राम बि.कले बताए ।

हेर्नुहोस भिडियो :

सम्बन्धित खवर